अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें : नायिका श्वेता खड्का

२२ मंसिर, काठमाडौं । नायिका श्वेता खड्काले विवाह पश्चात सोमबार विवाह गरेकी छन् । नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात लामो समय शोकमा रहेकी नायिका श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतका साथ विवाह गरेको रात भावुक स्ट्याटस सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

उनले भनेकी छन्, ‘म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ ।’

उक्त पोस्टमा जिन्दगीको अर्को अध्याय शुरू गर्न लागेको बताएकी छन् तर विगतका कुराहरूका बारेमा भने केही उल्लेख गरेकी छैनन् । सामाजिक र व्यवसायिक क्षेत्रमा थप उत्साहित भएर अघि बढ्ने उनको भनाई छ ।

हेर्नुहोस् उनको भनाई जस्ताको तस्तैः–

अनत्वगोत्वा स् मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म लागी पर्नेछु । अत स् मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझाव का साथै शुभ आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

तपाईकी उहि छोरी रचेली

श्वेता खड्का

[sidebar name="button post"]