छोरीका लागि छोरी नै अभियान : मुख्य २० उदेश्य सहित संसार भरीका नेपाली छोरीलाई समेट्ने प्रयास

रमिता दंगाल

छोरीका लागि छोरी नै अभियानले संसार भरिका सम्पूर्ण उमेर समुहका नेपाली छोरीहरुलाई समेट्ने प्रयास गरेको छ । एकअर्काको सम्भावना र समस्यालाई साझा बनाएर देश विकासमा समेत अग्रसर गराउने काम सुरु गर्ने र कालान्तरमा सबैलाई समेट्ने अभियानको उदेश्य छ ।

विगत केही वर्ष देखि सामाजिक कार्यमा अग्रसर रहँदै आउनुभएका ६१ वर्षिय समाज सेवि “श्याम थापा” २०७३ सालमा अछाममा छाउपडिका कारण रोशनी तिरुवाको मृत्यु भएपछि सचेतना मुलुक कार्यक्रम लिएर जानुभएको र समाजको धरातलमा छोरीका लागि छोरीकै भुमिका महत्त्वपूर्ण रहेको महसुस भएकाले यो अभियान सुरु भएको हो।

दूरदराजमा अहिले पनि आमा, दिदीबहिनीहरुले खुलेर हाँस्न, बाँच्न र श्वास लिन सम्म नसक्ने लज्जास्पद अवस्थालाई परिवर्तन गर्न अभियान अगाडि बढेको छ ।

अभियान के भन्छ ?

युवाहरु देशमा रहेका अथाह सम्भावनालाई कुल्चिएर छिमेकी राष्ट्रलाई गाली गर्दै दिन कटाएर अर्को पुस्तालाई समस्या थप्नमा ब्यस्त रहने या आफ्नो कालखण्डमा आफ्नो जिम्मेवारी पुरा गर्ने ?दिनप्रतिदिन बिग्रदैं गैइरहेको पारिवारिकता अनि सामाजिकतामा समयमै ध्यान दिएर नेपालीपन जोगाउन तिर सोच्ने कि नसोच्ने ?

सांस्कृतिक, प्राकृतिक अनि मानव साधनले भरिपुर्ण हुँदाहुँदै पनि हरेक दिन विदेशमा बसेर खोक्रो राष्ट्रियता गाउने या आफुले परिवर्तनकारी संघर्ष स्वीकारेर आफ्नो जिम्मेवारी पुरा गर्दै आउने पिढीँलाई समृद्ध राष्ट्र सुम्पिने या फेरी आफ्नै झै खाडिको जिन्दगी दिने ?

वल्लो घरको छोराछोरी अमेरिका जाँदा आफ्ना सन्तानलाई समेत शान्तिले निदाउन समेत नदिने आमाहरुलाई परिवर्तन गर्ने कि नगर्ने ? आ–आफ्नै दाजुभाइको खुट्टा तान्नमै आफ्नो कालखण्ड समाप्त गराउने या हामीको भावनामा रुपान्तरित हुँदै समग्र विकास बोलाउने ?

यी र यस्तै जिम्मेवारीलाई हाम्रो हो भनेर स्वीकार गर्न अनि गराउन सक्ने छोरीहरुलाई लिएर संस्थाको रुपमा स्थापना हुँदैछ । संस्था नेपाली नागरिकको एक दिन एक रुपैयाँबाट संचालन हुने र यस अभियानमा सबै नेपालीको भुमिका अभियान्ताको हुने अध्यक्ष लक्ष्मी नरालले बताउनुभयो ।

मुख्य नारा ‘हामी गर्छौ, हामी सक्छौ’

‘हामी गर्छौ, हामी सक्छौ’ भन्ने नारालाई धारणा गरि सामाजिक संजालबाट सुरु भएको यस अभियान देशका पन्ध्र भन्दा धेरै जिल्लामा सक्रिय छ । अभियान बिस्तारकै क्रममा रहेको र कार्यक्रम अगाडि बढेको पनि अभियानका अध्यक्ष नरालले बताउनुभएको छ ।

आगामी कार्यक्रमहरु :

१) छोरीहरुबाट सुरु गरी समग्र राष्ट्र समेटिने गरी सार्थक सचेतना कार्यक्रमहरु गर्ने,
२) राज्यका साना ठुला सम्भावना खोजी गरी विज्ञको सुझावसहित छोरीबाट सुरु गरी सबैतिर फैलनेगरी रोजगारीको अवसर सिर्जना गर्ने ।
३) राष्ट्रिय विकासको उद्देश्यमा अगाडि बढ्न देशको सांस्कृतिक, प्राकृतिक अनि मानवीय स्रोत साधनलाई उचित परिचालन सँगै सामुहिक हितभावका लागी सहकारी स्थापना गर्ने ।
४) राज्यमा मानवीय र राष्ट्रिय हितका लागी काम गरिरहेका र स्वदेशमा नै केहि गर्न खोजिरहेका स्थापित संघ संस्थासँग सहकार्य गरी अघि बढ्ने ताकी देशको अवस्थामा सुधार आउन सकोस् ।
५) राष्ट्रव्यापी रुपमा नागरिक र बिद्यार्थीहरुलाई प्रशिक्षण दिई सामाजिक सेवा सँगै राष्ट्र भावमा क्रियाशिल बनाउने ।
६) समाजमा ब्याप्त कु–प्रथा कुसंस्कार अन्धविश्वास विषयमा विषेश काम गर्ने ।

स्रोतहरु :

१) स्वतन्त्र रुपले एक दिन एक रुपैयाँ संकलन गर्ने
२) सहकारी मार्फत्
३) नागरिक परिचालन (छोरीहरु)
४) संस्थागत सहकार्य
५) सरकारी सहकार्य

अल्पकालीन र दीर्घकालीन उद्देश्यहरु :

सबै छोरीहरूमा नेतृत्व क्षमताको विकास गरी रोजगारी अवसर सिर्जना गराउनु मुल उद्देश्य रहेको अभियानले जनाएको छ । व्यक्ति एक्लै भन्दा मिलेर अगाडि जाने हो भने सफलताको बाटो फराकिलो र सहज बन्ने अभियानका अध्यक्ष नरालको भनाई छ ।
१) अभियान्ता छोरीहरू भित्रबाट सुरु गरि सबैतिर फैलिने गरी सार्थक सचेतना कार्यक्रम सुरु गरि जिवन्त बनाउने ।
२) समयानुसार नजरअन्दाज भएका सामाजिक समस्याहरुलाई सामुहिक समाधान दिने, जस्तैः ब्यक्ति, संस्था या वातावरण इत्यादी ।
३) व्यक्ति , परिवार र समाजलाई आ–आफैमा जागरुक बनाउने
४) जहाँ जहाँ व्यक्तिगत, पारिवारिक, सामाजिक र संस्थागत क्रियाकलापहरु गरिन्छ, त्यहाँ त्यहाँ खाना खेर नफालौं , अन्नलाई सम्मान गरौँ र सबैलाई उत्कृष्ट मानविय व्यवहार गरौँ ÷गराऔं भन्ने चेतना फैलाउने ।
५) अभियानसँग जोडिएका सम्पुर्ण अभियान्ता छोरीहरुलाई आवश्यकता अनुसार व्यक्तिगत, परिवारिक, सामाजिक र संस्थागत कार्यमा सहयोगी बन्न तत्पर बनाउने ।
६) समाजका ती वास्तविक सहयोगापेक्षीसम्म पुग्ने जहाँ सामाजिक संघ संस्थाको पनि नजर पुगेको हुँदैन पुग्न सक्दैन या मिल्दैन ।
७) स्थानीय तथा राष्ट्रिय स्तरमा विभिन्न नामना छुट्टिने बजेटको सदुपयोग भए÷नभएको निगरानी राख्ने ।
८) समाजलाई डोर्याउने आधारहरु जस्तै ः स्कुल, क्याम्पस, सहकारी, युवा क्लब, समूह, बाल संजाल, धार्मिक कार्यक्रम, सामाजिक संघ संस्था, सामाजिक संजाल जस्ता प्रभावकारी रहने ठाउँमा सकारात्मक उर्जा सम्बन्धि आवश्यक कार्यक्रम संचालन गर्ने ।
९) समाजमा हुँदै आईरहेका अमानवीयता, मानशिक, शारीरिक तथा यौनजन्य हिंसा र सामाजिक कु–प्रथाहरुलाई समाजको धरातलमा गएर समाधान दिने ।
१०) व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा आधारभुत स्वास्थ र सरसफाइ सम्बन्धि सचेतना कार्यक्रम गर्ने ।
११) हरेक महिना क्षेत्रीय र हरेक वर्ष राष्ट्रिय स्तरमा शान्तिपूर्ण परिवार समृद्ध राष्ट्र निर्माणको बलियो आधार नामक सकारात्मक उर्जा आदानप्रदान कार्यक्रम गर्ने ।
१२) युवाहरूलाई पुरातन सांस्कृतिक परम्पराको महत्व बुझाउने, बृद्धबृद्धाहरुलाई आधुनिक परिस्कृत विज्ञानबारे बुझाउने गरि दुई पुस्ता बिचको अनावश्यक दुरीलाई घटाउने ।
१३) बालबालिका, युवा र बृद्धबृद्धाहरुलाई यी तीन अवस्थामा आउनसक्ने बेमेलकाबारे सचेत बनाएर एकअर्काको फरक पनलाई स्विकार्न र सम्मान गर्न सिकाउने ।
१४) समाजका सबै वर्गलाई समय, पैसा, अन्न–पानी लगायतका सम्पुर्ण कुराहरुको उचित सदुपयोगबारे बुझाउने ।
१५) तत्काल संस्थामा आधिकारिक सदस्यता छोरीले मात्रै पाउने तर अन्य हिसाबले सम्पुर्ण समाज सामेल हुन पाउने ।
१६) राज्यमा मानवीय र राष्ट्रिय हितका लागी काम गरिरहेका र स्वदेशमा नै केहि गर्न खोजिरहेका स्थापित संघ–संस्थासँग सहकार्य गरी अघि बढ्ने ताकी देशको अवस्थामा उच्च सुधार आउन सकोस् ।
१७) युवा र बिद्यार्थीलाई सकारात्मक आत्मबल विकास तथा स्वतन्त्रताको सदुपयोगबारे तालिम दिने ।
१८) ‘हामी सक्छौं, हामी गर्छौं’ भन्ने मुल नारा धारणा गर्ने र व्यवहारीक बनाउने ।
१९) समाजका सम्भावित उत्पादनशिल क्षेत्र पहिचान गरि त्यसतर्फ लगानी र लगाब बढाउनमा विज्ञको सल्लाह सहित स्थानीयलाई प्रोत्साहन गर्ने ।
२०) स्थानीय स्तरमा त्यहीँका छोरीहरुले आ–आफ्ना आसपासका समस्याहरुको पहिचान गरि पठाएपछी केन्द्रको स्वीकृत र समन्वयमा रहि समाधानमा त्यहीँका छोरीहरुलाई जागरुक बनाउने र यी क्रियाकलाप राष्ट्रिय, अन्तर्राष्ट्रिय, नीति नियम र उत्कृष्ट मानवीयतामा आधारित रहेर गर्ने÷गराउने उदेश्य रहेको अभियानका केन्द्रिय अध्यक्ष लक्ष्मी नरालले बताउनुभयो ।

[sidebar name="button post"]