काठमाडौं । ‘नेपाल आइडल सिजन २’ देखि चर्चा परिचर्चा बटुल्न सफल गायिका अस्मिता अधिकारी र चर्चित गायक भिम बिष्टको स्वरमा रहेको नयाँ गीत ‘चम्चा पिलेट’ बोलको म्युजिक भिडियो ईनाक्षी इन्टरटेमेन्टबाट सार्वजनिक भएको छ ।
भिडियोको मुख्य भूमिकामा जिबेश गुरुङ,रोसनी कार्की, सरु गौतम, भिम कुसारी, कुमार कटुवाल, देवेन पाण्डे,उमेश बिस्ट,अजय नाथसंगै गायक भिम बिष्टले पनि अभिनय गरेका छन् । उक्त गीतमा जिबेश गुरुङ, सरु गौतमले स्वरमा साथ दिएका छन् ।
गायक बिष्टले यो भन्दा पहिला ‘मिनिरल वाटर’ गीतबाट निकै राम्रो प्रतिक्रिया पाएपछि, बिष्टले फेरी फरक खालको भिडियो बजारमा ल्याएका छन्। ‘तपाइँहरुले जसरि ‘मिनिरल वाटर’ रुचाइ दिनु भएको थियो, उसैगरि यो गीतलाई पनि रुचाउनु हुन्छ भने पुरा बिश्वास गरेको छु’ भनेर उनले एक अन्तरबार्तामा भनेका छन् ।
भिम कुसारीको शब्द रहेको गीतमा जीवन बडूले एरेन्ज गरेका छन् । भिम कुसारी र गायक बिष्टले सयुक्त संगीत भरेका छन् । बिशाल महराद्वारा छायांकन भएको भिडियोलाई पवन सुसिंगले सम्पादन गरेका हुन् भने सुसिंगले नै कोरियोग्राफी गरेका छन् । उक्त भिडियोलाई अमित कुमार चन्दले निर्देशन गरेका छन् ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:












