खेम सेन्चुरीको नयाँ गीत “बाटो बिरीन्छ” सार्वजनिक (भिडियोमा)

काठमाडौं । चर्चित गायक खेम सेन्चुरी र कमला पोखरेलको आवाजमा रहेको नयाँ गीत “बाटो बिरीन्छ”म्युजिक भिडियो शिव दर्शन फिल्मस युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेका छन् भने पछिल्लो समय लाखौं युवा युवती गरिबको कारण विदेश जान्नु परेको छ । अहिलेको जल्दो बल्दो समस्यालाई गायकखेम सेन्चुरीले गीतमार्फत प्रस्तुत गरेका छन् ।

गीतमा नेत्र अर्यालले नै शब्द र संगीत रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । उक्त गीतलाई माला श्री स्टुडियोमा रेकर्ड भएको छ भने करन चैसिरद्वारा छायांकन भएको भिडियोलाई प्रविन भट्टराईले सम्पादन गरेका हुन् । भिडियोलाई मोडेल तथा गायकबिनोद भण्डारीले नै निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

[sidebar name="button post"]