थपिए २१०३ संक्रमित, २८५८ डिस्चार्ज, १७ को मृत्यु

मंसिर ४, काठमाडौँ । नेपालमा थप २ हजार १०३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।

[sidebar name="button post"]