२ कार्तिक, काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी तथा सोसल ड्रामा ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।
प्रदर्शनको १२ दिनसम्म फिल्मले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । पहिलो साता साढे चार करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो सप्ताहन्तमा स्थिर गतिमा कमाउन सक्यो ।
दोस्रो साताको विकडेजमा अकुपेन्सी केही घटे पनि निराशाजनक आँकडा चाहिं छैन । प्रस्तुतकर्ता किरण नेपालीले १२ दिनसम्मको कमाइलाई लिएर खुसी व्यक्त गरे ।
वर्ष २०७९ को अर्धवार्षिक कमाइ हेर्दा ‘कबड्डी ४’पछि प्रेमगीत ३, झिंगेदाउ र दुई नम्बरीले मात्र आफूलाई बक्स अफिसमा हिट तुल्याउन सकेका छन् ।