सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

२ कार्तिक, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

[sidebar name="button post"]