‘प्रेम गीत ३’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं: पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ शुक्रबारदेखि प्रदर्शनमा आएको हो । ‘प्रेम गीत ३’ले नेपाल र भारतमा आफ्नो सुखद सुरुवात गरेको छ।

नेपाली तथा हिन्दी भाषामा विश्वभरी प्रदर्शन भैरहेको यो फिल्मले अघिल्ला तीन दिनमा कुल ११ करोड १८ लाख रुपैयाँ क्रस कलेक्शन गरेको अभिनेता प्रदीप खड्काले जानकारी दिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा फिल्मको शुक्रवार, शनिवार तथा आइतबारको बक्स अफिस रिर्पोट प्रस्तुत गर्दै अभिनेता खड्काले तीन दिनमा फिल्मले सबा ११ करोड रुपैयाँ आम्दानी गरेका बताएका हुन् ।

अभिनेता खड्काका अनुसार नेपालमा नेपाली भाषामा प्रदर्शन भएको यो फिल्मले शुक्रवार २ करोड ५ लाख, शनिवार १ करोड ६७ लाख तथा आइतबार ९५ लाख ५० हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने नेपाल बाहिर नेपाली तथा हिन्दी भाषामा प्रदर्शन भएको फिल्मले शुक्रवार १ करोड ६७ लाख, शनिवार १ करोड २३ लाख तथा आइतबार ७९ लाख ३० हजार रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।

[sidebar name="button post"]