काठमाडौं: पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ शुक्रबारदेखि प्रदर्शनमा आएको हो । ‘प्रेम गीत ३’ले नेपाल र भारतमा आफ्नो सुखद सुरुवात गरेको छ।
प्रेम गीतले पहिलो दिन २ करोड ५ लाखको व्यपार गरेको बताईएको छ । तर यस बिषयमा निर्मण टिमले मुख खोलेको छैन । यहि साल मात्र प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कबडी ४ ‘को रेकर्ड ब्रेक गरेर ‘प्रेम गीत ३’ ले नयाँ इतिहास बनाउने सपना पुरा हुन् सकेन । ‘कबडी ४ ‘ले पहिलो दिन २ करोड ९८ लाख कमाएको थियो ।
बलिउड हंगामाका अनुसार पहिलो दिन नेपालमा २ करोड ५ लाख कलेक्सन गरेको थियो भने पहिलो दिन भारतमा १ करोड १२ लाख ग्रस कलेक्सन भएको बलिउड हंगामाले जनाएको छ।
एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ। बाँकी मुलुकबाट १ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ। बलिउड हंगामाका अनुसार इन्डो-नेपाली फिल्मले सबैतिर गरी एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ।
बलिउड हंगामा भारतीय रुपैयाँका आधारमा ग्रस कलेक्सन रिपोर्ट जारी गरेको हो। फिल्म ६ करोड रुपैयाँमा तयार भएको र ५ करोड प्रवर्द्धनमा खर्च भएको जनाउँदै बलिउड हंगामाले ११ करोड लागतमा फिल्म थिएटरमा पुगेको जनाएको छ। त्यस आधारमा पहिलो दिनको ग्रस कलेक्सनलाई उत्साहजनक रहेको टिप्पणी गरिएको छ।









