काठमाडौं: नेपाल चलिचित्र ‘प्रेम गीत ३’ले भारतमा आफ्नो सुखद सुरुवात गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन झण्डै १ करोड भारुको व्यापार गरेको छ।
उनका अनुसार प्रेमगीत-३ ले भारतका सीमित हलमा अवसर पाएर पनि सरप्राइज कमाई गर्न सफल भएको हो। प्रेमगीत-३ को सस्तो टिकट दरका कारण पनि हिन्दी फिल्मका दर्शकहरु हलसम्म पुग्न सकेको उनको भनाइ छ।
बलिउड हंगामाका अनुसार इन्डो-नेपाली फिल्मले सबैतिर गरी एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मूख्य भूमिका छ। फिल्ममा सन्तोष सेनसहित सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ।
[sidebar name="button post"]









