बुद्धि तामाङले गरे अनुसँग विवाह

काठमाडाैँ: कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

भक्तपुरको एक पाटीप्यालेसबाट तामाङ परम्पराअनुसार विवाह भएको हो । विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति थियो ।

हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत विवाहमा जन्ती गएका थिए ।

अनुसँग उनको मागी विवाह भएकाे हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।  अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।

[sidebar name="button post"]