मन्त्रालयले दियो ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मको मान्यता

काठमाडौं । पछिल्लो समय निकै बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ भोलि शुक्रबार देखि रिलिज हुँदै छ ।

उक्त चलचित्र चर्चा संगै उतिकै विवादमा पनि आयो । विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणको १५ प्रतिशत कर तिर्नु पर्ने निणर्य गरेको थियो ।

त्यसपछि निर्मण टिम र वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहरसमेत गरेको छ ।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए ।

नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार देखिएन । नेपाली फिल्म नै भन्ने निष्कर्षमा हामी पुग्यौं । बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ । मन्त्रालयको यो निर्णयपछि अब अन्य भाषामा स्वरांकन भएर रिलिज हुने फिल्मका लागि पनि एउटा नजीर बस्नेछ ।

आउँदो शुक्रबारबाट भारतका ५ सय हलमा एकसाथ रिलिज हुने भएको छ। नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने निर्माण युनिटले जनाएको छ ।  शो पाएको अधिकांश भारतीय हलहरुले बुकिङ खुलाइसकेको बलिउड हंगामाले जनाएको छ।

फिल्म नेपाल र भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा पनि रिलिज हुँदैछ । फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्देशन सन्तोष सेनले जानकारी दिए ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ ।

[sidebar name="button post"]