हेटौंडा: मकवानपुरमा बस दुर्घटना भएको छ । भीमफेदी गाउँपालिका जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। अहिले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’ मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको । थप विवरण आउन बाँकी छ ।
[sidebar name="button post"]











