अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

२३ भदौ, काठमाण्डौ। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ ।

साथै सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ ।

[sidebar name="button post"]