बीबी थापाको ‘हजारौंमा तिमीलाई’ सार्वजनिक

९ भदौ, काठमाण्डौ। लोकप्रिय गीत ‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुंगा’ लगायतका गीतका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौंमा तिमीलाई’ सार्वजनिक भएको छ ।

मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शिलु अधिकारीको स्वर छ । भिडियो रविन शाह र पूर्णिमा मगरको अभिनय देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका हुन् ।

बीबी थापा इन्टरटेनमेन्टको युट्यूब मार्फत सार्वजनिक गीतमा दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन छ ।