सुनको मूल्य आज ३ सय रुपैयाँले घट्याे

९ भदौ, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा झरेको हो।

त्यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर मंगलबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।