नयाँ चलचित्र ‘सत्यम्’ मा पल शाहले साइन गरे

२८ माघ, काठमाडौं । अभिनेता पल शाहले नयाँ चलचित्र ‘सत्यम्’ साइन गरेका छन् । चलचित्र ‘सत्यम्’ को निर्देशन भने शंकर कार्कीको गर्नेछन् ।

चलचित्रका लेखक तथा निर्माता रेशम सापकोटा रहने यस चलचित्रमा पलसंगै नायक राजेश हमाल र अनुप विक्रम शाही पनि रहनेछन् । चलचित्रको कथावस्तु पनि राम्रो रहेको बताइएको छ । कथा अनुसार कलाकारको टिम तयार पारिएको जनाइएको छ।

यो चलचित्रका लागि देशका विभिन्न स्थानमा अडिसन पनि भैरहेको छ । निर्माता सापकोटाका अनुसार अडिसनमा उल्लेख्य मानिसहरुको सहभागीता छन् । चलचित्रको छायांकन चैत्रबाट सुरु गरिने बताइएको छ ।