प्रणय सप्ताह : दोस्रो दिन आज प्रपोज डे

प्रेम दिवस हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईन्छ । स्कुल पढ्दा परीक्षाको रुटिंग निस्किने गर्थ्यो तर अफसोच अहिले मानिसहरुले प्रेम दिवसको पनि रुटिंग निकालेका छन्। पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई प्रणय दिवस भनिन्थ्यो ।हाल प्रेम दिवसको उत्सव एक हप्ता अगाडीबाट मनाइने गरिएको छ।

फेब्रुअरी १४ सम्म पुग्नको लागि , फेब्रुअरी ७ देखि १४ सम्ममा हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ। अझ प्रष्ट भनौँ फेब्रुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा उत्साहका साथ मनाइन्छ ।

फेब्रुअरी ७ (रोज डे)

गुलाब , एक आफ्नो भावना व्यक्त गर्ने माध्यम हो। उपहार स्वरुप यो दिन आफुले माया गर्ने व्यक्तिलाई गुलाबको फुल दिने गरिन्छ । त्यसैले यस दिनलाई रोज डे भनिन्छ।

फेब्रुअरी ८ (प्रपोज डे)

प्रपोज डेको दिन आफुले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गरिन्छ। धेरै मानिसहरु प्रस्ताव राख्न डराउछन् र यस्ता व्यक्तिहरुलाई यो दिन एकदमै उत्साहको दिन हुने गर्छ । यस दिन प्रेम प्रस्ताव राख्ने भएकाले, प्रपोज डे भनिन्छ।

फेब्रुअरी ९ (चकलेट डे)

चाहे जस्तो सुकै सम्बन्ध होस् त्यहाँ मिठास हुन जरुरी हुन्छ। फेब्रुअरी ९ लाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्नो प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याउन प्रयास गरिन्छ।

फेब्रुअरी १० (टेडी डे)

यस दिनलाई टेडी डेको रुपमा मनाइन्छ। जहाँ आफ्नो प्रेमी-प्रेमिकालाई उपहार स्वरुप टेडी दिने गरिन्छ। जसकारण उनीहरु अझ एकअर्काप्रति आकर्सित हुन्छन्।

फेब्रुअरी ११ (प्रमिस डे)

प्रेमी-प्रेमिकाहरु आफ्नो प्रेम साँचो हो भनि भन्नलाई अर्थात एकअर्कालाई मायाको बाचा गर्नको लागि यस दिनलाई प्रमिस डेको रुपमा मनाउँदछन्। त्यसैले यस दिनलाई प्रमिस डे भनिन्छ ।

फेब्रुअरी १२ (किस डे)

प्रेम सप्ताहको पाँचौ दिन, किस डे हो । प्रेममा बाचा गरे पश्चात अझ नाजिकता बडाउनलाई यस दिनलाई किस डेको रुपमा मनाइन्छ।

फेब्रुअरी १३ (हग डे)

प्रेमी-प्रेमिकाहरु एकआपसमा दु:ख पर्दा या प्रेमलाई अझै गाढा बनाउनलाई अंकमाल गर्ने गर्दछन्। यस दिनलाई हग डे भनिन्छ । अर्थात अंकमाल गर्ने दिन जसले प्रेमलाई डोरी कसे झैँ झन् कसिलो बनाउदैं लान्छ।

फेब्रुअरी १४ (भ्यालेनटाइन डे)

प्रेमी-प्रेमिकाहरुकालागि सबैभन्दा महत्वपुर्ण उत्सव हो फेब्रुअरी १४ यानिकि प्रेम सप्ताहको अन्तिम दिन। यसलाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवस पनि भन्ने गरिन्छ। सामान्यतया यस दिनलाई प्रेम दिवस नि भनिन्छ । यस दिन कुनै पनि प्रकारको उपहारले आफ्नो प्रेमी-प्रेमिकालाई खुसि बनाउने र प्रेमलाई अझ ताजा बनाउने गरिन्छ।