एजेन्सी । शास्त्रअनुसार स साना कामहरु जुन हामी भूलबश गरिरहेका हुन्छौा तिनका कारणले पनि हाम्रो जीवनमा वहार नआएको हुनसक्छ । त्यसकारण हामीले केहि टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।
अझ कामकाजी महिलाको लागि घर, अफिस, बलाबच्चा, आफ्नो लागि समय व्यवस्थापन गर्नु निकै अप्ठेरो मामिला हो । नेपाली समाजमा महिलालाई घरको लक्ष्मी मानेर विभिन्न स्वरुपमा पुजा गरिन्छ । त्यसैले विवाहपछि महिला जसको घर जान्छिन् त्यस घरको भाग्य र सफलता उनीसँग जोडेर हेरिन्छ । त्यसैले धर्मशास्त्रमा महिलाहरुले केहि काम गर्नु हुँदैन भनेर समेत उल्लेख गरिएको छ ।
-
सुर्यास्त पछि कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन ।
-
रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्नु हुँदैन ।
-
रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन ।
-
पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु हुँदैन । दायाँ बाया राख्नु ठिक हुन्छ ।
-
पतिपत्नीको सम्बन्ध राम्रो बनाउन सयन कोठामा कपूर बाल्नुपर्छ ।
-
घरमा झगडाको स्थिती निम्त्याउनु हुँदैन । आपसी समझदारीमा सरसल्लाहमा टुंगो लाग्ने विषय ठूलो बनाउनु हुँदैन ।
-
राती सुत्नुअघि भान्छामा अंखरा /करुवामा पानी भरेर राख्नुपर्छ । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।
-
रातिको समयमा सडक चौबाटोमा हिँड्नुहुँदैन । यस्तै रातिको समयमा मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने हुँदा तपाईको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यो काम नगर्नु राम्रो हुन्छ ।











