एजेन्सी । फ्लाइटमा यात्रा गर्ने समय तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । मानिसहरु विभिन्न काम विशेषले यात्रा गरिरहेका हुन्छन् । कहिले पैदल यात्रा, त कहिले यातायातमा त्यतिमात्र नभएर मानिसहरु हवाई यात्रा पनि गरिरहेकै हुन्छन् ।
नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ । ड्रेस मात्र नभई फुटवेयर र परफ्यूम हाल्ने कुरामा पनि सचेत हुनु जरुरी छ । सासले आज तपाई बिसेषगरि महिलाहरुलाई फाइदा पुग्ने कुराको जानकारी दिन गईरहेका छौं ।
-
प्लेनमा टाइट कपडा नलगाउनु होला किनकी फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा
-
यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछिसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।
-
तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।
प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् ।
-
यसले तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।
-
प्लेनमा हाई हिल्स नलगाउनुस् । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।
-
बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।
-
फ्लाइटको समयमा सकेसम्म हावा आउ(जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।
-
खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।
[sidebar name="button post"]










