काठमाडौं । विश्वमा धेरै जातजाती भएका मानिसहरु बस्ने गर्छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् । हाम्रो देशमा दाजु बहिनीबीच सबैभन्दा पवित्र नाता मानिन्छ । तर केही समुदायमा भने भाई बहिनीबीच विवाह गर्ने चलन पनि छ ।
भारतको छत्तीसगढमा सबैभन्दा धेरै आदीवासी समाज बस्छन् । उनीहरुको अलग परम्परा छ । जहा भाई बहिनीबीच आपसमा विवाह गर्छन् । त्यस्तै राजस्थानमा कुमार केटाहरुलाई कुट्छन् र युवाहरु चुपचाप सहेर बस्छन् । जुन केटालाई युवतीले लठ्ठीले कुट्छिन् त्यहि केटीसँग एक वर्ष पछि विवाह हुन्छ ।
तपाईलाई थाहाँ छ ? धुरुवा जनजातिमा आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति मानिदैन । विवाह गर्न घरपरिवारले नै अनुमति दिने गर्छन् । यस जातिमा विवाह गर्दा दुलाहा दुलहीले आगो नभई पानीलाई साक्षी राखेर फेरो हाल्ने गर्दछन् ।










