के तपाइलाई अनुहार चम्किलो बनाउने मन छ ?

एजेन्सी । राम्रो हुन कसलाई मन लाग्दैन र आफु सुन्दर देखिन सबैले प्रयाश गर्दछन् । अनुहार राम्रो बनाउन जथाभावी रुपमा बजारबाट क्रिम ल्याएर लगाउनु जोखिमयुक्त हुन्छ । ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्।

अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिकाप्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइँदैन।

एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ :

काँक्रा
चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । यसो गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

मुसुरोको दाल
मुसुरोको दाललाई मोटो धुलो सुक्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने । दालको पेस्टलाई कम्तीमा १० देखि १५ मिनेटसम्म राखेर धुनुपर्छ ।

गोलभेँडा
अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने गोलभेँडालाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

बेसन 
महलाई मनतातो बनाएर बेसनको पीठोमा मिसाउने । यो मि श्रणलाई अनुहारमा लगाएर २० मिनेटजति राखेपछि चिसो पानीले पखाल्ने ।

मह
महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुक्खा छ भने सधैँ राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

कागती
अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ ।

दही
दही छाला र केस दुवैका लागि अत्यन्त लाभकारी छ । सुक्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुक्खा र सामान्य छाला सधैँ चम्किलो देखिन्छ ।

जौको प्याक
जौको पीठो र दही मिसाएर बनाइएको प्याकलाई अनुहारमा लगाउने । करिब आधा घन्टापछि मनतातो पानीले अनुहार पखाल्नाले छाला सुक्खा हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

[sidebar name="button post"]