सुन्दर बन्ने चाहनामा प्रयोग गरिने लिपस्टिक बन्न सक्छ क्यान्सरको कारण

महिलाहरुले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? धेरैको जवाफ हुन्छ, ‘लिपस्टिक’ ।आफ्नो ओठलाई सुन्दर देखाउन महिलाले ‘लिपस्टिक’ घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

आजकल पुरुषले समेत लिपस्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिपस्टिक बजारमा किन्न पाइन्छ । हामीले सुन्दरतालाई महत्व दिएर प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ? अध्ययन अनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको पाइएको छ। लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । जसमा लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । सो अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो भने जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । सोहि अधययनमा पनि लिपस्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।

लिपस्टिकमा प्रयोग हुने सीसाका कारण तपाईंको सोच्ने,सिक्ने र सम्झिन सक्ने क्षमतामा समेत घट्न सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत रहनुहोस्। कतै तपाईंको सुन्दर बन्ने चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

[sidebar name="button post"]