२३ मंसिर, काठमाडौं । काेराेना महामारीबाट बच्न विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ निर्देशनहरु सार्वजनिक गरेको छ । डब्लूएचओद्धारा सार्वजनि निर्देशन अनुसार आफन्त आउँदापनि मास्क लगाउनु पर्ने र दुरी कायम गर्नै पर्ने छ ।
‘डब्लूएचओ’ ले जारी गरेको पछिल्लो निर्देशनले आफन्त घरमा आउँदा वा भेट हुँदा पनि मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरीको पालना गर्नैपर्ने बताएको छ । डब्लूएचओका अनुसार, हामी घरभित्र र मानिसहरु आवतजावत गरिरहन्छन भने मास्क अनिवार्य लगाउनु पर्छ । चारैतिर बन्द स्थानमा यदि भेन्टिलेसन छैन भने मास्क अनिवार्य हुन्छ ।
नयाँ निर्देशन अनुसार, संक्रमण कम गर्नको लागि मास्क अनुहारमा फिट हुनु पर्दछ । खुकुलो बनाउनु हुँदैन । यदि तपाईं घर, स्कूल या संस्थान कोरोनाको उच्च जोखिममा छ भने मास्क अनिवार्य लगाउनु पर्छ । भौतिक दुरी नभएका स्थानमा सचेत रहनुहोस् कम्तिमा १ मिटरको दुरी अनिवार्य गर्नुहोस् । हात धुन नबिर्सनुहोस् । कुनै चिज छोएपछि त हात धुनै पर्छ ।
डब्लूएचओको नयाँ निर्देशन अनुसार, यदि तपाईं जिम जानुहुन्छ भने मास्क नखोल्नुहोस् । ५ वर्ष भन्दा कम उमेरका बच्चाले मास्क अनिवार्य लगाउनुहोस् । १२ वर्ष भन्दा बढि उमेरका बच्चा यदि जोखिम समूहमा छन भने भौतिक दुरी अवश्य पालना गर्नुहोस् । बन्द कोठामा भए, भिड हुने स्थान भए मास्क अवश्य लगाउनुहोस् ।









