Ad #144479

८ मंसिर, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले ८ जना अनुसन्धानकर्ता माग गरेको छ । विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता प्रतिष्ठानले माग गरेको हो । यसअघि कार्तिक १ गते दरखास्त आह्वान गरे पनि पर्याप्त दरखास्त नपरेपछि आज पून दरखास्त आह्वान गरिएको छ। मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने समय छ।

‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी छनोटका संशोधित आधारहरू र नयाँ दरखास्त फारमका साथ पुनस् दरखास्तको आह्वान गरिएको छ,’ प्रतिष्ठानले आज निकालेको सूचनामा भनिएको छ।

विकास, पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामला, विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा ज्ञान व्यवस्थापनमा एकेक जना अनुसन्धानकर्ता मागेको हो।