८ मंसिर, काठमाडौं । सुनसरीको धरानमा संक्रमित २ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
मोरङका पुरुषको आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति मृत्यु भएको हो । मोरङका पुरुषमा गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । यसैगरी इलामका पुरुष यही मंसिर ५ गते अस्पताल भर्ना भएका थिए ।











