वरिष्ठ संगीतकार उदय शम्सेर राणाको निधन भएको छ । नारायणगोपाल र गोपाल योञ्जनका समकालीन,मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो ।
उदय शम्सेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री , प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरैले स्वर दिनु भएको छ । संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।











