काठमाडौंको ओमबहाल चोकबाट एक करोड रूपैयाँसहित हुण्डी कारोबारी पक्राउ परेका छन् । झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई प्रहरीले १ करोड रुपैयाँसहित पक्राउ गरेको हो ।
उनीहरु सोमबार बेलुकी पक्राउ परेका हुन् । सो रकम हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।











