आज मिति वि.सं.२०७८ साल वैशाख ३१ गते शुक्रबार । तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईं आफ्नै कारणले कमजोर रहनेछ ।स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैँया पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रस्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा साबधानी अपनाउनुहोला खराब व्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने मायाप्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सामाजिक क्षेत्रमा तपाईंलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
सरकारी तथा पैत्रिक धन तथा सम्पती प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धी मुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईंकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाईलेखाई तपाईं आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यत्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायी रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पतिपत्नीबीच विवाद बढ्नेछ भने चेली माईती बीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजाँदा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरु भन्दा पछि परिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेकोछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । प्रेम प्रशङगमा बिश्वास बढ्ने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
मायाप्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरु भन्दा पछी परिने चिन्ताले सताउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिनेछ । साझपख समय मध्यम रहेकोले सवारीसाधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।








