हिन्दू धर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ ।साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ।
यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ । हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ ।
विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन। मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।
भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु :
यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः ४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७ – ॐ गजाननाय नमः ८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः १० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः








