Ad #144479

बाँकेमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकोे सङ्ख्या ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाभित्र सङ्क्रमित हुनेको सङ्ख्या ५०२ पुगेको जानकारी दिइएको छ ।

विभिन्न क्वारेन्टिनमा २१३ रहेका छन् । दुई जनाको ज्यान गइसकेको छ । तीन सय ९८ जना कोरोनामुक्त भई घर गएका छन् । अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका चार गरी १०२ जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आदर्शनगर आइसोलेसन सेन्टर नेपालगञ्जबाट नेपालगञ्ज–११ र १२ का ४० र १८ वर्षीय दुई पुरुष र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट कोहलपुर–९ का २१ र २७ वर्षीया दुई महिला कोरोनामुक्त घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।