Ad #144479

 इंग्ल्याण्डमा फेरि लकडाउन लागु भएको छ। इंग्ल्याण्डका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ ।

नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द हुनेछन् र पढाई अनलाईन मार्फत मात्रै हुनेछ ।

कोरोना भाइरस संक्रमणको दर बढेको तथा बिरामीको संख्या थपिँदै गएको अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् ।

बेलायतमा परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नयाँ लकडाउन लागु भएको हो ।