१९ पुष, एजेन्सी । भारतले कोरोना भ्याक्सिन लगाउने तयारी गरेको छ । कोरोना भाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतले कोरोना खोप लगाउने तयारी गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताएसँगै अब बेलायत, रुस र अमेरिकासँगै भारतले पनि कोरोना खोप लगाउन शुरु गरेको हो ।
सिरम इन्स्चिट्युड अफ इन्डियाको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोपलाई अनुमति दिएको हो। सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।
भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ । भारतमा करोड बढी मानिस संक्रमित हुँदा डेढ लाख मानिसले ज्यान गुमाएका छन् ।












