Ad #144479

एजेन्सी । नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ ।

“हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने ।

गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उनिद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

संसारभरी जन्मेका शिशुमध्ये ५० प्रतिशत शिशुहरु १० देशमा जन्मने बताइएको छ । जसमध्ये भारतमा ५९ हजार ९९५, चिनमा ३५ हजार ६१५, नाइजेरियामा २१ हजार ४३९, पाकिस्तानमा १४ हजार १६१, इन्डोनेसियामा १२ हजार ३३६, इथोपियामा १२ हजार ६ जना, अमेरिकामा १० हजार ३१२, इजिप्टमा ९ हजार ४५५, बंगलादेशमा ९ हजार २३६ र कंगोमा ८ हजार ६४० जना शिशुहरुले नयाँ वर्षको पहिलो दिन जन्म लिने युनिसेफले जनाएको छ ।

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि विभिन्न देशमा काम गरिरहेको छ ।