एजेन्सी । भारतको राजस्थानका व्यापारी धमेन्द्र अनिजाको नाम देश विदेशमा चर्चामा छन् ।
उनले चन्द्रमा टिपेर आफ्नो श्रीमतीलाई जमिनमा ल्याउन त सकेनन् तर चन्द्रमामा जग्गा किनेर श्रीमतीलाई उपहार दिएका छन् ।
उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन् । बिबिसीसँगको संवादमा धर्मेन्द्रले एक हप्ता अघि नै चन्द्रमामा जग्गा किन्ने योजना बनाएको बताएका छन् ।
उनले भनिन्, ‘सायद म संसारकी भाग्यशाली श्रीमती हुँ ।’ धमेन्द्रले श्रीमतीका सपनाका नाममा चन्द्रमामा तीन एकड जमिन ४९ वर्षका लागि खरिद गरेका छन् । उनले यो जमिन खरिद प्रक्रियाका लागि एक वर्ष लागेको बताएका छन् ।
उनले ठूलो चुनाैतिको सामना गर्दै चन्द्रममा जग्गा किन्न सफल भएको बताएका छन् । धर्मेन्द्रले भने, ‘चन्द्रमामा जग्गा खरिद गर्नु सहज छैन । यदि सहज हुँदा हो त जो कोहीले पनि किन्थे होलान् ।’धमेन्द्रकी श्रीमती सपनाले चन्द्रमामा जमिन उपहार पाउँदा धेरै पटक खुशीले रोएको बताइन् ।











