Ad #144479

१० पुस, काठमाडौं । भारतीय सिनेमा जगतका सुपरस्टार रजनीकान्तको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

 हाइ ब्लड प्रेसरका कारण उनी अस्पताल भर्ना भएका हुन् । समाचार एजेन्सीहरूका अनुसार उनी हैदराबादको अपोलो अस्पतालमा डाक्टरहरूको निगरानीमा छन् ।

उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् । १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । ७० वर्षीय अभिनेता राजनीकान्तलाई अन्य स्वास्थ्य समस्या भने देखिएको छैन।

तर रक्तचाप सामान्य नबनेसम्मका लागि उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको बताइएको छ।