८ पुस, एजेन्सी । मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको हो।
गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन्। बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाको भएको भन्दै एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। उनको उद्धार गर्न जाँदा ती पुरूषले प्रहरीमाथि गोली हानेको समाचारमा उल्लेख छ। आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए ।












