२९ मंसिर, एजेन्सी । चीनले समाचार संस्था ब्लूमबर्गका लागि काम गर्ने एक पत्रकारलाई पक्राउ गर्नु आफ्नो आन्तरिक मामिला भएको दाबी गर्दै त्यसमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
ती पत्रकार चिनियाँ नागरिक हुन् र उनको नाम हेज फान हो। उनलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोपमा गत साता पक्राउ गरिएको थियो।
उक्त घटना चिनियाँ सरकारले पत्रकारलाई पक्राउ गर्ने वा देशनिकाला गर्ने शृङ्खलामा पछिल्लो हो। युरोपियन युनियन ‘ईयू’ ले समाचारसँग सम्बन्धित विषयमा पक्राउ परेका सबै पत्रकारलाई मुक्त गर्न चीन सरकारलाई आह्वान गरेको छ।












