Ad #144479

एजेन्सी । रुसमा बिहेकै दिन बेहुलाले कुटेर बेहुलीको हत्या गरेको खबर बाहिर आएको छ ।

रुसको नोबासिबिरिकका ३३ वर्षका ती बेहुलाले अन्य पाहुनाकै अगाडि बेहुलीलाई कुटेर हत्या गरेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् ।

ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् । डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार्टीमा सबै पाहुनाहरु रक्सीले मातेका थिए ।

प्रहरी स्रोतकाअनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेका छन् । डोलगिखले पुरानो अपराधका लागि जेल जीवन बिताइरहेका बेला ओकसानासँग उनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान खटिएका प्रहरी किरिल पित्रुसिनका अनुसार यी युवकले युवतीमाथि मुक्का प्रहार गर्ने र उनलाई लात्तीले हान्ने काम पाहुनाहरुकै अगाडि गरेका थिए । त्यसपछि उनले घरभित्र लगेर थप कुटेको, कपाल तातेर टाउकोमा हिर्काएर र सडकमा लगेर फालेको अनुसन्धानबाट देखिएको छ । दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होस गुमेको र घटना घटेको प्रतिक्रिया दुलाहाले दिएका छन् ।