१२ मंसिर, काठमाडौं । जम्मू-कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर २ भारतीय सैनिकको मृत्यु भएको छ। कश्मीरको राजौरी जिल्लामा सिजफायर उल्लंघन गर्दै पाकिस्तानी सेनाले नियन्त्रण रेखा नजिकै गोलीबारी गरेको भारतीय सेनाले जनाएको छ।
सो क्रममा २ भारतीय सैनिक मारिएका हुन। भारतीय सञ्चार माध्यमका अनुसार राजौरी जिल्लाको सुन्दरबनी इलाकामा ड्युटीमा रहेका सैनिकमाथि पाकिस्तानी सैनिकले गोली चलाएका थिए।
सो क्रममा घाइते भएका नाइक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको मृत्यु भएको हो। भारतीय सेनाले पाकिस्तानलाई कडा जवाफ दिने चेतवनी दिएको छ।
[sidebar name="button post"]









