मेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले पायो औपचारिकता

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ ।

बाइडेन विजयी भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्‍याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् ।

बाइडेनले अहिलेसम्म कुल मतमा ट्रम्पलाई ५९ लाख मतले पछि पारेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका छन् । उनका सहयोगीहरुले तीन राज्यमा चुनावको नतिजालाई चुनौति दिँदै दायर गरेका मुद्दा खारेज भएका बेला जर्जियाको नतिजा औपचारिक रुपमा बाइडेन तर्फ गएको हो ।

जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार ६७० मतले हराएका हुन् । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्ने तयारी गरेका छन् । चार वर्ष पहिले ३०६ इलेक्टोरल कलेज मत पाएर तर पपुलर मतमा झण्डै ३० लाखले पछि पर्दा ट्रम्पले आफ्नो जितलाई ‘ल्याण्डस्लाइड’ को शंज्ञा दिएका थिए ।


  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares