चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता

चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले आफ्नो आइतबारको समाचारमा लेखेको छ ।

“एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक तयारी भएको पाइदैन,” जर्जीयास्थित इमोरी स्कूल अफ मेडिसिन तथा ग्राण्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भन्नुभयो ।

उहाँले अमेरिकामा दैनिक दुई लाख कोभिड–१९ सङ्क्रमित हुने अनुमान गर्दै यदि यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य नहुने बताउनुभयो । “हामी अहिले महामारीको निकै खराब अवस्थाबाट गुज्रिरहेका छौँ,” ब्रोन युनिभर्सिटीका आपतकालिन सेवा प्रवाहमा खटिरहेका चिकित्सक मेगन ¥यानीले भन्नुभयो । उहाँले अमेरिकाको महामारीको अवस्था आगामी दुई महिनामा देख्न सकिन बताउनुभयो ।

अमेरिकामा अहिलेसम्म ९९ लाख ४४ हजारभन्दा बढी पुगेको र दुई लाख ३७ हजार ४०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।

[sidebar name="button post"]