अमेरिकी राष्ट्रपति चुनावमा जोय बाइडेन ऐतिहासिक जित नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार बाइडेनले २ सय ६४ इलेक्ट्रोल कलेज भोट ल्याएका छन् । उनका प्रत्यासी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २ सय १४ भोट मात्रै ल्याएका छन् ।
अब जितका लागि बाइडेनलाई ६ इलेक्ट्रोल भोटको आवश्यकता छ । नेभाडामा अग्रता लिएकाले अबको केही बेरमा बाइडेनले ऐतिहासिक रुपमै चुनाव जित्ने सम्भावना छ । ५३८ इलेक्ट्रोल भोट रहने अमेरिकामा राष्ट्रपति पदको जितका लागि २ सय ७० इलेक्ट्रोल भोट ल्याउनुपर्छ ।
पछिल्लो मतगणनामा मिशिगन र विस्किन्सनमा जित हात पारेपछि बाइडेनले चुनाव जित्ने निश्चित भएको हो । बाइडेनले चुनाव जित्ने भएपछि अमेरिकी सेनाले एक विशेष सलामी दिने गोप्य तयारी गरेको छ । बाइडेन जितको नजिक पुगेपछि सेनाले सुरक्षा, सम्मान र सलामीका लागि तयारी गरेको हो ।
बाइडेनले चुनाव जित्ने भएपछि ट्रम्प जेल जाने सम्भावना बढेको छ । उनीमाथि यौन दुव्र्यवहार, कर छलेको लगायतका मुद्दा अदालतमा बिचाराधीन छन् ।
ह्वाइट हाउसबाट बाहिरिनेवित्तिकै ट्रम्पलाई पक्राउ गरेर जेल हाल्न सक्ने सम्भावना पनि रहेको अमेरिकी राजनीतिक विश्लेषकहरुको ठहर छ ।












