Ad #144479

अमेरिकामा आज राष्ट्रपतिको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जोय बाइडनबीचको कडा प्रतिष्पर्धाका बीच चुनाव हुन लागेको हो । यसपटक धेरैले ट्रम्पले मुश्किलले चुनाव जित्ने बताएका छन् ।

तर बाइडन पनि कम छैनन् । ट्रम्प इतिहासकै कमजोर र खराब अमेरिकी राष्ट्रपति भएको बाइडनको दाबी छ । जसलाई अमेरिकी नागरिक मात्रै होइन, विश्वकै राजनीतिक विश्लेषकले पनि केही हदसम्म सही थापेका छन् ।

यसपटकको अमेरिकी चुनावमा अर्थतन्त्र, स्वास्थ्य सुरक्षा, विदेश नीति, जातीय विभेद, चीन र कोरिया नीति, जलवायु परिवर्तन, आप्रवासी मुद्दा लगायत चर्चामा छन् । ट्रम्प अमेरिकामा सन्की राष्ट्रपतिका रुपमा परिचित छन् भने बाइडेन यसअघि नै उपराष्ट्रपति हुँदा थोरै भएपनि शान्त र भिजिनरी मानिन्छन् ।