कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताउनुभयो ।
अमेरिकामा २ लाख ८ हजारको ज्यान गएको छ । भारतमा ९३ हजारको ज्यान गएकाे छ । ब्राजिलमा १ लाख ४० हजारको ज्यान गएको छ ।
अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको ज्यान गएको छ ।
[sidebar name="button post"]









