८ भदौ, काठमाडौं । विश्वमा सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकाले कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति दिएको छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलन मार्फत अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुराको जानकारी दिनुभएको छ । उहाले फेरिपनि कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’को भएको दोहो¥याउनुहुदै यो एउटा लडाइँको हिस्सा भएको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप छिट्टै बन्ने विश्वासमेत सहित अहिलेको लागि प्लाज्मा थेरापीबाट ३५ प्रतिशत सम्म मृत्यु दर घटाउन सकिने अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।
अमेरिकामा ५६ लाख ९९ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भए छ यो विश्वमा सबैभन्दा धेरै हो ।












