पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ । हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको बीबीसीले जनाएको छ ।
यसअघि सन् १९१३ मा यही ठाउँमा एक सय ३४ डिग्री फरेनहाइट अथवा ५६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
यस्तै ट्युनिसियामा सन् १९३१ मा १ सय ३१ डिग्री फरेनहाइट तथा ५५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
[sidebar name="button post"]









