Ad #144479

बलिउड अभिनेता सञ्जय दत्त स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्। शनिबार मुम्बईको लालावती अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएका सञ्जय चिकित्सकको निगरानीमै छन् । अस्पतालबाट उनी एक–दुई दिनमा डिस्चार्ज हने जनाइएको छ।

आफू ठिक रहेको र कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको सञ्जय दत्तले ट्वीट गरेर बताएका छन्।