२४ साउन, विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि संगठनले जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।












