अबको तीन महिनाभित्र रुसी सरकारले आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने

रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ । अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो ।

उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ ।

अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ ।

[sidebar name="button post"]